This page has not been proofread
(४८)
यै हो हाम्रो वीर-पताका
यै हो हाम्रो राष्ट्र चनाखा ।
यसकै रेखा-रूप सम्हाली
रहने हामी सब नेपाली ॥
(४९)
भाक्सू, मलया, बर्मा, श्याम,
सिक्किम सबतिर भाषा नाम ।
थामी रहने धैर्य अँगाली
कोटि अधिक सब नेपाली ॥
(५०)
यो नेपाली पलको माने
व्यापक छ भनी मर्म नजाने ।
रहला कसरी राष्ट्र विशाल
गर्नै पर्दछ यसको ख्याल ॥