Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/250

From Nepali Proofreaders
Revision as of 19:26, 18 May 2025 by Rbn (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२०)
खेती-पाती, डोको-नाम्लो
गाई-भैँसी कुम्लो-काम्लो ।
भेडा-बाख्रा भन्दै सारा
बग्छ निरन्तर जीवन-धारा ॥

(२१)
पसिना काढी साँझ सबेर
जिनतिन गुजरा गर्ने धेर ।
जाति अनेकौँ यहाँ रहन्छन्‌
भाग्यवादमा प्रायः बहन्छन्‌ ॥

(२२)
बिच-पर्वतको यो सब चाला
अझ तलतिरको रङ्ग निराला ।
लम्बा सानू चुरिया डाँडो
साथै अद्भुत जङ्गल ठाडो ॥

(२३)
यसमा कम छन्‌ बस्ती बास
मलेरियाको यो छ निवास ।
दक्षिणपट्टी धान्याऽऽगार
सम्म तराईखण्ड अपार ॥