This page has not been proofread
कविताको खोजी
(१)
कविजी ! त्यो कविता कुन होला ?
जुन कविताको रसले हाम्रो जीवनको मैला धोला ॥
(२)
हुन ता लड्ने भिडने शूरा कोटि उपर छौँ नेपाली ।
किन्तु समझका सब कङ्गाली केवल अरुका हतगोला ॥
कविजी_
(३)
हामी कुनै पनि अन्धा छैनौँ तर आँखाले देख्दैनौँ
कसले कति कति लुछ्यो, उडायो, धार्नि बिसौली टुकुनी तोला ॥
कविजी_
(४)
मुखको लाखन गुड्डी हाँक्छौँ स्विजरल्यान्डको इज्जत ताक्छौँ ।
फेन्सी चीजमा पैसा याँक्छौ, कसले चाट्यो महका पोला ?
कविजी.........