This page has not been proofread
(५)
आय बिनाको व्ययको भरमार् नून तेलको हाहाकार ।
कसरी भर्ने हाय ! विधाता !! प्लेन सिनेमाहरुका झोला ॥
कविजी___
(६)
धसियेका छौँ कुन दल्दलमा ? फसीरहेछौँ कसका छलमा ?
कसको आँट पिसने कलमा ? पिसिँदै आयो चेतन चोला !
कविजी___
(७)
गरी भयङ्कर लूट-खसोट, जीवनको नै राखी होट ।
नपियेदेखि चिया चुरोट, इज्जतमा नै पर्छ खिचोल ॥
कविजी___
(८)
लोभी गुरुका लालची चेला, चतुर चमेरा नाच्ने वेला ।
हेर्दै यो सब झेलझमेला, मुसुमुसु हाँस्छन् पशुपति भोला ॥
कविजी___