सबै सत्य पग्ली शशीमा सुधा भो। त्यही दिव्य सौन्दर्यले स्त्री बनाए ॥
असत् बीच लज्जा बनी चारु लाली ।
भयो नृत्य नै जिन्दगी नाम खालि ॥ (२९)
"लताकेशमा रेशमी पालुवा छ।
मुगा ओठ
मेरा, गुलाबी कपोल ॥
नशामा छ नाला उषालाल लोल ।
ममा प्रेम गर्ने छ को आज ? बोल॥
(३०) म ता माघुरी सत्यको मोहनी हुँ ।
म आत्माहरू खिच्न आएँ झरेर ॥
सबै स्वर्गका तर्फ बोलाउँदी छु ।
असत्को तपस्या अरू हुन्छ हेर ॥
(३१)
नछोए असत्ले जगत्मा मलाई । बडो लाजले भाग्छ आत्मा डराई ॥
भए प्रेम सच्चा म लैजान्छु स्वर्ग । नजान्ने कुनै प्रेम गर्नै मलाई ॥ (३२) म देखेर जो मोहनीले छुँदैन । उ आत्मा
जगत्मा सजीवै
तपस्या म हुँ, ईशकी भै सिँगार ।
हुँदैन ॥
अरू कष्ट हुन् हेर फुम्रा अँगार ॥
(२२)
तपस्वी हठी शून्यमा पुग्छ मेरो ।
भुली मोहनी, गर्व ली तुच्छ सार ॥
सबै सिर्जना डग्मगाएर काँप्छे ।
सबै सभ्यता बन्छ कालो अँगार ॥ (२४)