This page has not been proofread
बूढा बढुवाको प्रातःकालीन गन्थन
(१)
छैन लोक भरमा तम कालो
भैशकेछ झलमल्ल उज्यालो
मित्रवर्ग ! उठ लोचन खोल
रङ्ग हेर रविको अनमोल
(२)
च्याउँच्याउँ गरदै चिडियाले
राग सुन्दर सुनाउन थाले ।
छैन हामिकन त्यो सब थाह
नीँदले गरि-शकेछ तबाह
(३)
एकनास दुनियाँभर खास
भैसकेछ मृदु कान्ति-विकास
मित्र ! व्यर्थ यसरी मुख छोपी
दोषको पहिरने किन टोपी ??