This page has not been proofread
मातृभूमिको प्रार्थना
(१)
हे मातृभूमि ! तिम्रा हामी सबै पुजारी
गिरिराजकी सुपुत्री तिमि पार्वती दुलारी
(२)
शिव भावना छ मनमा बसछ्यौ पवित्र वनमा
हिम-भूति त्यो वदनमा झल्कन्छ चित्तहारी
(३)
मेची जया सखी छन् विजया विशाल काली
बस्छन् दुवै बगलमा तिम्रै प्रभाव निहारी
(४)
सादा छ भेषभूषा सादा छ वन्य खाना
तर इष्टसिद्धि-खातिर तपको प्रयास भारी
(५)
देखी विचार-धारा स्तुति गर्छ विश्व सारा
साना ठुला सबै छन् गुण शक्तिका भिखारी ॥