This page has not been proofread
(२०)
- म परेँ मरणोत्सवको फेला
- म परेँ मरणोत्सवको फेला
कस्तो अन्धो मानुष-जाति ?
कस्तो निर्दय पत्थर छाती ??
(२१)
पहिले पिँजरादेखि तानी
फगत पिलाई अलिकति पानी
हुर्र मलाई पर मिल्कायो
लडेँ जमिनमा मूर्छा आयो
(२२)
थुनिँदा मेरै कर्म थियो रे
छुट्दा उसले धर्म लियो रे
ग्रहको बाधा सकल टर्यो रे
जन्मोत्सवमा शान्ति गर्यो रे
(२३)
स्वार्थ-सिद्धि नै पौरुष ठान्दा
पर पीडाको पाप नजान्दा
मानिसले सब सृष्टि बिगार्यो
पृथ्वीतलमा नरक उतार्यो