This page has not been proofread
(४४)
रहन-सहन वा भाषा-भेष
फरक भए तापनि यो देश
सबको प्यारो मङ्गल माली
यसको जनता सब नेपाली ॥
(४५)
भिन्नै होस् त्यो हावा-पानी
भिन्नै होस् यो आनी-बानी
भिन्नै होस् त्यो बोली-चाली
तैपनि हामी सब नेपाली
(४६)
चाहे खुकुरी खड्ग जगाऊ
चाहे बन्दुक तोप दगाऊ
चाहे लेऊ भाला खालि
वास्तव हामी सब नेपाली
(४७)
जसका कुलको जस्तो धर्म
त्यै माफिकको त्यसको कर्म
छैन कसैको निन्दा गाली
वास्तव हामी सब नेपाली