This page has not been proofread
(२०)
खेती-पाती, डोको-नाम्लो
गाई-भैँसी कुम्लो-काम्लो
भेडा-बाख्रा भन्दै सारा
बग्छ निरन्तर जीवन-धारा
(२१)
पसिना काढी साँझ सबेर
जिनतिन गुजरा गर्ने धेर
जाति अनेकौँ यहाँ रहन्छन्
भाग्यवादमा प्रायः बहन्छन्
(२२)
बिच-पर्वतको यो सब चाला
अझ तलतिरको रङ्ग निराला
लम्बा सानू चुरिया डाँडो
साथै अद्भुत जङ्गल ठाडो
(२३)
यसमा कम छन् बस्ती बास
मलेरियाको यो छ निवास
दक्षिणपट्टी धान्याऽऽगार
सम्म तराईखण्ड अपार