Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/183

From Nepali Proofreaders
Revision as of 11:18, 18 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

(६)
जिऊ सब शुकी-शक्यो, पलक लाउँदीनौ रति
कुनै विषयमा पनि सुमुखि ! छैन भन्छ्यौ मति ।
असम्भव छ के अहो !! अब-लयै*** हुनमा पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(७)
घडी तिमि लगाउँछ्यौ फगत दृष्टि नाडीतिर
घडी विविधचक्रको विषय-तर्फ दिन्छ्यौ सुर ।
विचारकन गर्दछ्यौ बहुत कुण्डलीको*** पनि
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥

(८)
घुमाई मनमा सदा प्रण-वलाइ*** बेसरी
निरन्तर-र-त-रङ्गको**** मधुर तान एकै घरी ।
मुनि-व्रत लिँदालिँदै शुकिशक्यो सबै जवानी
सखी ! भन वियोगिनी हुन गयौ कि ? वा योगिनी ॥
बालाशून्य हुनामा र लय हुनामा ।
५. जन्मपत्री र कुण्डलीशक्ति ।
६. प्रण-वलाइः प्रणको बलाई र ॐकार ।
७. कहिल्यै नसकिने विषयभोगको रङ्ग र लगातार आत्मसाक्षात्कारको
धमीठोतरङ्गविषयक ।