Jump to content

Page:Laxmi nibandhasangraha.pdf/195

From Nepali Proofreaders
Revision as of 23:46, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

रहन्छ मानसिक अवस्थाको महत्त्वमा । अरू मानिसहरू भाग्यका आत्मपक्षी

र विरोधी लहरीहरूले उचालिन्छन्‌ । तर आफू यस्तो मधुर मानसिक

काँटमा रहियोस्‌ कि क्याँट लक्कहरूले मज्ञाको रमरम मात्र दिन्‌ ।

भावनामा ज्यादा धक्का नदिङन्‌ । चाँडै नै खुशाउनु र चाँडै नै रिसाउनु, प्रभावित हुनु या सेलाउनु अर्घसभ्य र जङ्गलीहरूका लक्षण हुन्‌ । आफ्नो

तत्त्वमा निर्भर रहेको आत्मालाई सांसारिक हावाको लहरहरूले हम्मेसी

छुन सक्तैनन्‌ र क आफ्नो तराजू नडगाएर शान्त रसिक रहन्छ । क पनि एउटा साधु हो । उसले बदली र हुरीलाई नाघिसकेको हुन्छ ।

उसको मन सँग्लिसकेको हुन्छ । क संसारको जूवालाई घृणा गर्दैन, तर आफ्नो अडान एक दार्शनिक तत्त्वमा लिन्छ । उसको चेहरा हमेशा

बदलिदैन, संसारमा “मारा'हरू छन्‌ भन्ने उसलाई धाहा छ र बिभिन्न भावका चेहरामा परिवर्तनशील रङ्गहरू पनि । तर उसको चेहरा बदलिदैन, क लाभका निमित्त पनि आएको छैन, हानिका निमित्त पनि । खराब खेलको मनोरञ्जकता र त्यसको सजीव आनन्दका निमित्त क जीवनमा आएको छ ! अलिकति आफ्नो केही पनि दिन्छ र अरूको आनन्द पनि बढाउँछ र आफ्नो भाग्य पनि बराबर लिन्छ, तर उसलाई चलिरहेको हल्लाले छुँदैन, क घमासानमा छ, तर आफू लडाइँ गर्दागर्दै पनि लडाइँ

गर्दैन, आयो भने ओठसम्म मुसुक्क हाँस्तछ, मानौं साधुले गुणको इनाम

यही जीवनमा दैबेच्छाले पाएजस्तो भावले ! उसलाई थाह छ कि जीवन पनि एउटा खेल हो, तर हारे पनि जिते पनि खेलको आनन्द र अभिप्राय त्यसै खेलाडीका निमित्त हो, जो सच्चा उत्साहसँग अविचलित भाउले

दाउ देखाउँछ । रिस-रागहरू असंवर्धित पुरुषहरूका विकृति हुन्‌ भन्ने

उसलाई ज्ञात छ। क खालको एउटा क्राषि हो । क अध्ययन पनि

पाउँछ तर उसलाई पूरा तवरले अध्ययन गर्न सक्ने हँदैन । जूवा नखेल्नू भन्ने उपदेशहरू चाणक्यनीति जस्ता औपन्यासिकताबिहीन मामूली कट्टर नीतिपन्धी बोके साँपा उक्तिहरू हुन्‌। हाम्रा नीतिहरू ज्यादा सस्ता हुनु नै जीवनको दुर्भाग्य छ । अलिकति मौकामा अग्रसर

नहुनु त कातरपना हो । खतरा नभएको जीवनमा हामी जिउन सम्तैनौं । आमाको चोलीबाट या बाबुको तुनाबाट सुटुक्क साँचो चोरेर तिहारखर्चलाई कोजाग्रतको जाग्रामको क्षेत्रमा लगेर रोप्ने प्रवृत्तिलाई हामी खालि छडीको

फैसला दिन चाहँदैनौं । त्यस्तै लडका ज्यादा जीवनमा सप्रिन्छन्‌ । १५६लक्ष्मी निबन्ध-संग्रह