Jump to content

Page:Laxmi nibandhasangraha.pdf/201

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "जुँघा ७ म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो ओठका ती मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

जुँघा ७ म के लेखूँ के लेखूँ जस्तो भएर विचारशूत्य क्षणमा घोरिइरहेको

वेलामा आदती तबरले मेरा बायाँ हातका बूढी र चोर औंला माथिल्लो ओठका ती

मर्दमर्यादास्वरूप रोमागुच्छ तह लाउने काममा पुगेछन्‌,

जसलाई 'जुँघा मुसार्नु' भन्दछन्‌ । मैले के भावले जुँघामा ताउ लाउन

लागेँ म भन्न सक्तिनँ, न त म मनोवैज्ञानिक छु । तर जब मगज रित्तो

भएर आत्मबल र आत्मतेजको कमीमा मर्दको आत्मा सचेत भएर

आउँछ; तब आफूलाई आश्वासन दिने एक मर्दाना तवर शायद यो रहेछ

कि जुँघालाई सम्याउनु !

यो कागज-कलम, मसीका क्षेत्रमा पनि लडाइँ छ, यहाँ पनि

वीरताको आवश्यकता छ । मलाई संसारका मगजसँग लडेर जितेर

रोटी र नाम दुवै कमाउनुपर्दछ । मैले लेखेका कुरामा छिः छि; गरिदेलान्‌

भन्ने त्रास हरहमेशा भित्र छिपेर सावधानी दिइरहेछ । यो जोडतोडको

दुनियाँमा म पछि पर्न चाहन्नँ । प्रख्याति र आत्मप्रदर्शनको मीठो ऐँडीले

मर्दको पयर संसारमा अघि बढाइरहेछ । मेरो मगज अहिले रित्तो छ, मिही भावनाहरू शून्य छन्‌, कविताको गन्ध पनि हृदयमा छैन । अहिले

म यो बोधो चिच्याहटमा छु, जो थाकेकी प्रकृतिले आराम खोज्दा

मगजको कारखानालाई शून्यजस्तो बनाएर बीच-बीचमा पैदा गर्दछिन्‌ कति कपाल कन्याएँ, तर व्यर्थ भयो, मगजका जादूगरी गिर्खाहरू कुनै

विषयमा झल्कँदै, रुनफुनाउँदै जाग्रत हुन सकेनन्‌ । मउपर एक उराठ बदली लागेजस्तो भयो, जसमा बिजुली छैन । तब पुरुषले आफ्नो

पुरुषार्थको चिह्न नपाउँदा आफ्नो तेज र तागतको कमीमा सचेत भएर

आउँदा अर्को चीज के सम्भियोस्‌ बरा !- ओठमाथिको जुँघासिवाय ?

तपाईंले याद गर्नुभएको होला- जब पूर्णवयस्क युवकलाई कसैले

नामर्दको शब्दले गाली गर्दछ, तब अरू आड नपाएर आफ्ना औंलाद्वारा

१९२/लक्ष्मी निबन्ध-संग्रह