बढिरहेछ, या पछाडि हटिरहेको छ भन्त मुश्किल पर्छ । यो खेल विवेकलाई त सहजै नाघ्छ र अव्यक्त अदृश्यको देशमा घुसाइहाल्छ, प्रतिक्षण सपना
देखिन्छन्, अव्यक्त आशाहरू खँदिलो हुन चाहन्छन् । भाग्यमानी त्यही
हो, जसले उड्दो क्षणको मृटु भेट्टायो । क्षणलाई ठाउँमा पक्रन सक्नु नै सफलता हो। जूवा नखेल्ने कितापकीरो बेकार आँखा दुखाइरहेछ । ज्ञान
भनेको कौडीको पल्टाइमा रहन्छ । जीवनसँग नगाँसिएका कुराहरू ज्ञानका
सामग्री हुन सक्तैनन् । ज्यादाजसो मानवीय शिक्षामा यान्त्रिकता छ ।
मानिस जीवनको आँखाले पढ्दैनन् । जूवामा नाटकभन्दा रोचक सजीवता
रहन्छ । यहाँ जीवनको बास्तविक मोहनी सोह कौडीमा खेलिरहेको हुन्छ । चार-चार दिशाका द्वारपाल झैँ चार दाउहरू वसेका हुन्छन् । कुनै अदृश्य विधिले क्षण-क्षणामा नयाँ इच्छा प्रकट गर्दछ, सोह कौडीभित्रमा अनेकौं हृदयलाई जय-विजय र आशा-निराशाहरूको उलटपुलटको
सञ्चालन गर्छ ।
मेरा एक विद्वान् गुरुजी जूवा फुक्नासाथ खालमा उपस्थित हुन्थे र बेहान-बेलुका भात खानको फुर्सतसिवाय लिंदैनथे, यद्यपि अरू बेलामा राती तीन बजेदेखि बेलुका एघार बजेसम्म उनलाई पढ्नु र पढाउनुको जीवन थियो । मलाई आश्चर्य लाग्दथ्यो कि उनी किन जूवामा त्यस्तो
चाख लिन्छन् । एक-दुई रुपियाँ बराबर राख्तथे तर रातभर पनि एक
ठाउँमा बसेर या त उभिरहन्धे या त मुसुमुसु हाँसिरहेका हुन्थे । मैले
एक दिन सोधें, 'किन, मास्टरजी यस्तो जूवामा सोख राख्नहुन्छ ?' उनले
जबाफ दिए कि 'यो पनि जीवनको एक तमाशा हो ।' त्यस दिनदेखि मैले जूवालाई राम्ररी बुझेँ, मलाई यसको नाटकीयता र जीवनसँगको सम्बन्ध खुल्दै गयो र आफ्ना अनुभवहरूद्वारा मिलेका तर्कहरू अहिले
लेख्तछु ।
जूवा खेल्नु खराब हो भन्ने जो पनि जान्दछ, तर दुनियाँले खराब ठहराइएका चीजहरूमा पनि औपदेशिकता पाउनु विचारशील मतको की
लक्षण हो । सहानुभौतिक दृष्टिले हेर्दा डकैती र चोरीमा पनि
सामग्रीहरू प्रशस्त मात्रामा पाइन्छन् र संसारले सबभन्दा दुष्ट भनेर “छिः छि दुरदुर” गरेका मान्छेमा पनि त्यत्तिका गुणहरू पाइन सक्तछन् कि मामूली कट्टर तर्सेर उठ्तछ ! त्यस्तै जूवा खेल्नु खराब सम्झिएको छ : तर जूवाभित्र पनि अनेक किसिमका उपदेशहरू पाइन्छन् । हामी जूवा/१५२े