Jump to content

Page:Laxmi nibandhasangraha.pdf/190

From Nepali Proofreaders
Revision as of 23:45, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "ज्‌वा मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा मोहनी हुन्छ, जो...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

ज्‌वा मानिसले आफ्नो मन बहलाउनलाई गरिएका खेलबहाडहरूमध्ये

सबभन्दा रोचक र जीवनको लाभ-हानि, उक्साइ-गडाइनजीक आउने एउटा खेल जूवा छ। यसमा व्यक्तिगत जीवनसँग मिसिएको एउटा

मोहनी हुन्छ, जो सबै खेलमा पाइन्न । यसले त्यो-

“त्यो गोल टन्न बजने नयनाभिराम जस्लाई पक्डन मुसारनमा तमाम छाती पिटेर दुनियाँ रहँदो छ सारा चौका तियाहरू गरेर कराइ मारा'त्यस्तो मनुष्यको मुटु जस्तो तवर्गका दुई अन्तिम अक्षरहरूले नाम बनेको चीजसँग घनिष्ठ सम्बन्ध राखेर यस खेलले सारा दुनियाँको

हृदयलाई समुत्सुक बनाउँदै आनन्द भाग्यका सोह्र दन्त हँसाउँदै घोप्टचाउँदै

क्षण-क्षणमा विशालका भावहरू उद्वेलित गराउँछ । खेलको मुख्य आत्मा नै सजीव उत्साह हो । जुन खेलमा मानिस शरीर र हृदय दुवैले हाम्फालेर डुबुल्की लिँदैन त्यस खेलमा सजीव रोचकता हुँदैन । जूवाले गरीब र धनी दुवैलाई आफ्ना-आफ्ना कक्षामा मुटु पक्रेकै देखिन्छ । यसले अरू चीजलाई भन्दा हृदयलाई ज्यादा छुन्छ । हार्दिक भावहरू परिवर्तन गराउनु नै यसको लक्षण हो । हेर, भाग्यको विधानमा जिज्ञासु बनेका

तीखा समुत्सुक आँखाहरूलाई मानिसले आफ्नो अदृष्ट देख्न हरहमेशा चाख देखाइरहेछ । भविष्यको पाना एकै क्षण अगाडिको भए तापनि

उल्टाउन पाए उसलाई गजबको आनन्द मिल्छ । दोस्रो श्वासमा के

लेखिएको छ भनेर मुटु ढक्क फुल्दछ, श्वास रोकिन्छ ! मनुष्यका सम्पूर्ण पूर्व-प्रतीक्षक भविष्यजिज्ञासु भावहरू र शक्तिहरू उत्तेजित भएर आउँछन्‌ र अँध्यारोको पर्दाबाट भाग्यका कौडीको उलट-पुलटको संकेत हेर्न उसका दुइटा नानी पूरा मगजको जोडले खुम्चिएर केन्द्रीभूत रहन्छन्‌ ।

जूबा/१५१