शिक्षा हामी ज्यादाजसो शिक्षा जसलाई भन्छौं, त्यसले मानिसलाई मूर्ख
बनाइरहेछ । लादिनु र नाकडोरी लगाइमाग्नु नै शिक्षाको मुख्य लक्षण देखिन्छ । भोगटेको चश्मा तिनले लाए, जो पण्डित विद्वान् बने । अक्षरको कालो नाचले आँखा नतिरमिराई मानिसलाई सरस्वती खुल्दिनन् भन्ने हाम्रो साधारण विचार छ । दुनियाँभरको महामहोपाध्याय एउटा महात्मा छ भन्दछन्। अंग्रेजीले रक्गिने चश्मा लगाएर ज्यादाजसो संस्कृतले सुषुप्तिको अनेक युगमा कुइरोद्वारा मात्र परमेश्वरको उज्यालो भेट्टाउँछ । नासमझ परिपक्व नभईकन विश्वविद्यालयले प्रमाणपत्र दिँदैन । विद्यालयहरू यन्त्र बनाउने कारखाना छन् । समाजको ऐठन परेको शिक्षामा मानबबुद्धिले हातखुट्टा चलाउन पाउन्न । शिक्षकहरू धोत्रिएका आवाजका भ्यागुता
छन् । स्वतन्त्र प्रकाशनको अवरोधलाई तालीम भनिन्छ । बालुवादार
बाल्यावस्था बाँधिन चाहँदैन, बिचरा चाखदार॒ आँखाले के देख्तछन् ? सेता चिच्याहटलाग्दा भित्ता । ईश्वरले बनाएको संसारको उपन्यासबाट
तिलस्मी जादू गुमाउनु बालशिक्षाको ध्येय हो । प्राकृतिक विकास नपाएका
रुगण कलपुर्जाहरूमा घिच्याइएका वाक्कलाग्दा पाठहरूको समूहलाई
हामीहरू किताप भन्दछौं । गुलाफको जरामा हात नहाल्नु नै बुद्धिमानी
हो । हामी सबैलाई एकै मिसिनमा छाँटकाँट दिन चाहन्छौं । विचाररेखाहरू
हावाका लहर झैं आफ्नो दिशा लेजन् । म त आफ्नो रायले विकास लिंदो हृदयलाई किन्न चाहन्नँ । तर साधारण शिक्षकहरू मूर्खता लाद्न
चाहन्छन् र अल्पज्ञानको कट्टरपनाले ठोकुवा मिजाससँग पढाउँछन् । बेतको अत्याचारले राय लदाउने तानाशाहीहरू आफूलाई विद्वान्
सम्झन्छन् । भौतिकता र प्रतिभाको नैसर्गिक प्रभावलाई रोक्ता धेरैजसो कवि र कलाकारहरू अदालतका अध्यक्षताभन्दा माथि पुग्न सकेका
छैनन् । हाय ! नबाँध यी काला जञ्जीरले मलाई । म खुला हावामा १७०/लक्ष्मी निबन्ध-संग्रह