नसाका क्रिया थिए । एकएकको दिव्य स्थितिलाई अनन्तको क्रियात्मक प्रतिभाशाली होशको निमेष व्यापारहरूको चमत्कारी आवश्यकता थियो । तर तँ बुद्ध थिइस् : तैँले क्षणहरूलाई अवहेलना गरिस् । त्यो दिव्य
कलाका सूक्ष्म सूत्रहरूका मधुर सङ्गेतमा मृदुल हुन सकिनस् । त्यहाँ
सच्चा दिव्य धर्म थियो । तँलाई मैले त्यो मृदुलद्वारा कर्म सिकाउन खोज्दयें ! त खालि माहन प्राप्तिमा फुर्फरिएर भौतिक नाताहरूमा सन्तुष्ट बनिस् । तेरा मसीहाहरू र क्रषिहरू त्यसका आभासमा धर्म सिकाउँदै, विश्व-घारणका दिगदहरू ! तँ झर्किइस्, तैँले क्षण-क्षण दिव्य मृदु रेखा
पक्रने तील लिइनस् । त्यसैले मैले वियोगको हतियारले मेरो हृदयको
वज्ज फोरेँ ! अनि तँ सत्यको दिव्य होशले रोइस् !'
सबै धर्म जननीका हृदयभित्र लुकेका छन् । धारणा गर्नु धर्म हो; र शिशुको निमित्त जुन रेखा जननीको मृदुलताले लिन्छ, त्यहीँ सब धर्म
बिकासिन्छ । अरू बगमफुस; हड्डी घोट्ने, दाँतकिटाहा बोक्रेपनाहरूका
अहह्ार हुन् । शिशुले विश्वमा मोहनी छाउँछ र जननीको हृदयले
त्यसलाई धारण गर्दछ । पुरुष खालि उनको संरक्षक-शक्ति हो जसले
उनको छातोका चिचिराहरूलाई हानि गर्न खोज्नेलाई हिंसा र नाशको तूफान देखाउँछ । शिशुलाई आदर गर्ने संसारमा हिंसाको मात्रा कम हुन्छ, र जुन धर्मले शिशुरक्षणको दिव्य सृक्ष्मता देखाउँछ, त्यही धर्म संसारको सच्चा धर्म हो । अरू धर्ममा खिचातानी छन् । मृदुलता नै ईश्वर हो र त्यो जननीको हृदयमा बस्तछ, त्यहाँ हेला छैन; सिंगान र
आचीदेखि घृणा छैन । त्यहाँ दिव्य स्पन्दनहरू छन् । जीवनको एकै दिव्य
ध्येय छ, अनन्तलाई क्षणहरूमा होशदार सुकुमार आदरहरू, जो महात्मालाई
अलभ्य छ।
सत्य भावद्वारा झल्कन्छ । छप्परको साङ्ग्रो घेरामा जोड्नु-
घटाउनु मात्र छ । तर हृदयमा ईश्वरको उज्यालो छ। म भाव या
भावनालाई प्रथम मान्दछु, इच्छा गर्नु र विचार गर्नु पछिल्ला दर्जाका क्रम हुन् । भावनाका फैलावटमा विचार हाँगिन्छन् । त्यसका प्रेरणामा
ड्च्छाका क्रियाहरूको प्रादुर्भाव हुन्छ । मनोवैज्ञानिक बहस यहाँ गर्न चाहन्नँ । नियममा सूत्रबद्ध नहुने सत्य आफैँ भावनाका अनुभूतिहरूसँग बोल्दछ । पुरुषहरू ज्यादा जोड्नु-घटाउनुमा व्यस्त छन् । उनीहरू ज्यादा बोक्रे र लडाका हुन्छन्। स्त्रीहरू भावना गर्दछन्, रसाउँछन् । हामीहरू १६५/लक्ष्मी निबन्ध-संग्रह