मलाई मानिसहरू 'सपनाखोरी' भन्ने नाम देलान्, यदि म भनूँ
कि म मानव-भ्रातृत्वबाट एक कदम बढेर पशु र चराचुरुङ्डीहरूसँग र वनस्पतिसँग समेत भ्रातृभावमा स्पन्दित हुनलाई सभ्यताको शुरू
सम्झन्छु । त्यो भारतले पाँच हजार वर्षअगाडि देखाएथ्यो । त्यसै कारण
प्राचीनता मलाई प्यारो छ । त्यस भावमा म खेर जान्नँ, म सँगिलन्छु, म विश्व जस्तो चौडापनमा आधारिन्छु, सङ्कूचित हुन्नँ, मेरा सहानुभूति
सीमित हुँदैनन् ।
मैले अघि बताएँ हिंसामा मानव-जातिलाई भयइर खतरा छ ।
साम्य नभएका असङ्गत सङ्डीर्णात्मक, विकीर्णात्मक, विवादात्मक भावना
र ध्येयहरूमा छरिनु र सधैँ रुनु बीसौं शताब्दीको अभाग छ । मानिस एकध्येयी नभएर मृदुल हुन्न, संगठनात्मक भ्रातृभावका मृदुल सहानुभूतिहरू
यहाँ बल्किन्नन्, धार धारिन्छ, जीवन च्याँठले चुँडिंदा नसाहरू धोत्रिन्छन्,
सबै सत्यध्येयी हुँदैनन् । मानवध्येयको ऐक्य त्यहाँ भावना गर्न सकिन्न
जहाँ भ्रातृभावको विकास छैन, छापाका भडेराटाउके झूटा सहानुभूतिहरू हामीलाई काम लाग्दैनन् । यो विशाल मानवशक्ति धुव पाउँदैनन् । अनि खण्डन, मण्डन र संघर्षणमा काटमारका प्रदर्शनीहरू देखाउँछ । अझ
मान्छेले बुझेका छैनन्-ती समरहरू खटिरा हुन् । समष्टि शरीरमा
फैलिएपछि मानव-रक्त नै विषाक्त बनेर जातिसंहार हुन सक्तछ। यी
भीषण लक्षण हुन् । हामी यिनलाई एलोपेथिक इलाजले ठण्डा बनाउन
चाहन्छौं ! मानवशक्तिले सत्यको र ऐक्यको दिशा पाएन, गडबडियो ।
हामी मानवभावले उद्वेलित हुँदै, ध्वनित हुँदै काममा लाग्ने शिक्षा र प्रवृत्ति नपाई बाँदर-नजीकै हुन्छौं ।
यो जीवन एक वीणा हो जहाँ बिवादहरू बजाउन दु:ख हुन्छ । हामी मृदुलको कलाले आनन्द पाउँछौं । यी नसाहरूमा अवहेलना नराख, खिरखिरी लाग्ला । यो आँखामा ईर्ष्या नराख, विषको बाण रगतमा लाग्ला । यी ओठमा छल नराख, समयको आँखाले भेट्टाउला र गुम्सिएको
मिथ्या बारुद झैं पड्केला । नकिच, उल्टिएला । यो मिहीनको कला हो, तारहरू ठीकसँग छोक यसरी कि मृदुलको आत्मालाई दुःख नहोस्, यहाँ
मुदुललाई बोलाउन सक्नुमा महिमा छ । म विश्वको सत्य त्यहाँ छुन्छु जहाँ जीवहरूलाई म सहानुभूति गर्दछ । जस्तो दिव्य करुणा गर्दछ । कीराहरू नमार्नू र कीटाणु नमार्नू सुस्तरी श्वास फेर/१६३