बाघले हामीलाई खान्छ भनेर हामी बोको खाइदिन्छौ । तर
मानवता त्यहाँ शुरू हुन्छ, जहाँ पशुको निरुत्तरदायित्व छुद्तछ । बाध
खालि हतियार हो, उसमा दोष छैन । तर विवेकर ज्ञानको बक्सिससँग
हामीले जवाफदेही काँधमा चढायौं । तर हामी अनन्तको अदालतलाई
प्रमाण पेश गरिरहेछौं, आफू बन्धनमा पर्ने प्रमाणहरू खोज्ने मानिस
कति अन्धो होला ?
जहाँ हिंसा टुङ्ठिन्छ, त्यहाँ मानिसलाई आँखा र अमृत दिइएको छ । हिंसा सत्यको आत्मघाती क्रिया हो । मासु नखानु मात्र, नमार्नु मात्र अहिंसा होइन । म जब फूलका कोपिला टिप्न काँप्तछु, तब ब्राह्मण जस्तो हुन्छु । इस्लामले तरवारको नोकबाट सत्य-समर्थन गर्न खोज्दछ । क्रिस्तानी 'पवित्र सरम' मा आत्मविरोधी उपहास छ । धर्मको शब्द सुन्दै आत्माले मानिहाल्नुपर्दछ, त्यहाँ हिंसाको जरूरत छैन । हामी ब्राह्मण क्षत्रियलाई तल्लो दर्जाको सत्यसमर्थन सुम्पन्छौं । तर हामी आँसु, पुकारा
र दीनताद्वारा आफ्नो सत्य राख्तछौँ ।
हिंसा नपञ्छाई मनुष्यको शैशव सकिदैन । हाम्रो सच्चा विकास
त्यहाँ शुरू हुन्छ, जहाँ संसार भ्रातृभावमा आइपुग्दछ । सभ्यता शुरू भएकै छैन । हामीले जीवनको कदर गर्न सकेका छैनौं । हाम्रो भ्रातृभावात्मक स्थिति भएपछि मात्र सच्चा उन्नति शुरू हुन्छ । अहिले
हामीहरू संकीर्ण-विकीर्ण छौं, एक विश्व-मानव-संस्था अझ उघ्रिएको
छैन । शक्ति छरिन्छ, एकध्येयी बन्दैन । त्यहाँ जातिलाई डर छ । हामी हजारतर्फ खिचिन्छौं गाँसिन्न ।
र विरोधी बन्छौं । मानवजाति
टुक्रिन्छ,
कोही-कोही भन्दछन्, 'समर प्राकृत कुरा हो । जीवनको नियम हो । सर्वोत्तम शक्तिहरूको प्रकाशन हो । यो विना जीवन रहँदैन ।' मानौँ
संसार खालि असत्य हो । मानौं भ्रम नै सत्य हो । मानौं मृत्युको उपासना नै जीवन हो । कोही भन्दछन्, 'समर प्राकृत हुनाको कारण
मानव अन्तर्जगत्का विरोधी व्यक्तित्वविषयी भावनाहरू र ध्येयहरू हुन्,
हामी तिनलाई भेट्न सक्तैनौं ।' व्यक्तित्व इत्यादि भिन्नता छ भन्ने म जान्दछु, तर त्यसमा मौलिक विरोध रहनु अप्राकृतपना हो । सब देखावटी विरोधहरू एक तत्त्वका हाँगा हुन् र एक तत्त्वमा साम्य लिन्छन्, तब समरहरू टुङ्गिन नसक्नु हाम्रो अर्धविकासको लक्षण हो । १६२.लक्ष्मी निबन्ध-संग्रह