छ, केही मौलिक वक्रता, जसले शिशुको प्रथम घृणापूर्ण हिंसात्रास मेट्तै
लैजान्छ । मैले 'उनको मने' मा जुन भाव प्रकट गरेको छु, त्यो प्राकृत अवस्थामा अझ आउँदै छ । तर म अप्राकृत छु । परमेश्वर मेरो साथ
हरहमेशा दिँदैनन् । म आफ्नो मैलो र घीनलाग्दोपनातिर व्यूँझिन चाहन्नेँ । मलाई आदतले त्यसै लगिरहेछ ?
अहिले ती लुकेका भावनाहरू कहाँ-कहाँबाट खानेखुसी गर्न
आउँछन् । मेरो जिभ्रो भद्दा र खस्रो लाग्दछ, दाँतमा टोकूँ-टोकुँपनको
क्रूरता तिखारिएको जस्तो लागेर हातखुट्टा गल्दछन्, मलाई राल स्वार्थको
पग्लिँदो स्वाद आएर थुकुँ-थुकुँ जस्तो लाग्छ, मलाई प॒खालिन मन
लाग्छ, कहीं गएर चोबलिउँ जस्तो । चालामा खिरखिरी पैदा हुन्छ मानौं यो सडिरहेछ- कोरीको शरीर जस्तो ! म के अरू चीज चाहन्छु, अरू जीवन ! अर्कै शीतलता ! हजारौं गालीहरू वन-पोखरी र चराहरूबाट घ्वनित हुन्छन् । मृत्युका चिम्लँदा आँखाहरू मलाई सराप्छन् ।
कोही भन्छन् “तैँले अमृतको स्वादसँग विषको स्वाद साटिस् ।
स्वर्गको अपुतालीलाई जन्मेर आफ्नो अधिकार हिलामा फ्याँकिस् । तँ
मृदुलको मोहनीबाट वञ्चित छस् ।' मलाई शिर झुकाउन मन लाग्छ । मानौं सारा दुनियाँको जीवनमा रहने मृदुल परमेश्वर मलाई हप्काइरहेछ । म पापी हुँ भन्ने मलाई थाहा छ। तर अझसम्म मृदुलबाट बिलकुल वञ्चित छैन र सुघार र सफाइ
छन् भन्ने आशामा जीवनको अधिकार ईश्वरसँग मागिरहेछु ।
बाघको बच्चालाई पैताला चटाएको उखान मानव-प्रकृतिलाई लाग्दछ । म आफ्नो जीवन भन्दै संसार चुस्ता-चुस्तै नृशंस हुन सक्तछु । संसारमा समर हुन् केटाकेटीलाई मासु-रगतका परिकार चढाउने आदतहरूबाट आएको जस्तो लाग्दछ । मान्छे अरूहरूसँग आफ्नो खाना मिलाउँछ र आफ्ना आँसुहरूले उद्धार माग्दछ । म अहिले बुभ्दछु- मैले भूल गरेको थिएँ । 'योग्यको अतिजीविता' सच्चा सिद्धान्त भए योग्यको अर्थ हिंसक हुन सक्तैन । मेरो कमजोरीले
हार खाएर हिंसामा अनुभव गरेको थियो, जस्तो संसार अहिले गर्दैछ, तर च्याँठ, त्रास र व्यवहारको थिचाइबाट गरिने अनुभव सत्यनजीक
पुच्याउँदैनन् । मेरो पतनले म तर्सिएको छु, जस्तो संसार कहिले-कहिले तर्सिन्छ । १६०,'लक्ष्मी निबन्ध-सग्रह