उसकः सूक्ष्म कला छन् । क सतीको भपङ्डर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई
बिरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरार
गलाइको दशा दिएका छन् ।
तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू
मालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्त:करण ठीक
पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ ।
दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ
पारितोषिकको बिजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर
खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र क
छलको ज्योदा प्रशंसा गर्दछ । उ दुनियाँका कर्मपथमा अँध्यारो गल्लीमा
हिँडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज-नखराको
उपासक छ । तर उही दिनको उज्यालो रङ्लि सभ्यताको विज्ञापन झौँ दुनियाँलाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्तछन् र बदमाशहरू नक्कल गर्दछन् ।
वेश्याहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका
प्रेमी बन्दछन् ।त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको
पवित्र मूर्तिअगाडि पनि त्यही मपाइँ-मोहनीको आकर्षणले पवित्रताको
आत्मा बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो
आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ । भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा- कति नीचापनको चिह्न हो, बुभ्नेले बुभदछन् । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजरले हेर्दछौँ । क महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँ-
'मोहनीको अहङ्गार बसेर आँखा खोल्न दिंदैन । सत्यको स्पर्श पाए क
आफूलाई कति घृणा गर्दो होला । क आफ्नो आत्मालाई अन्याय गरिरहेछ ।
उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन्; छरिन्छन् । क साङ्ग्रा
ताक र सस्ता नापमा चलिरहेछ । क आफ्नो अन्तर्दुर्गतिलाई रङ्लो
नेपाली ग॒ण्डो “१४९