This page has not been proofread
७०
मुस्कीलले घुमेका छन् कोल काईंकुईं गरी ।
प्रारब्धको घचेटामा बिचरा जज्जनैसरी ॥
७१
प्रारब्धयन्त्र झैं कोल, उखू विषय कर्कश ।
कष्टसाथ चलायेर झिक्नुपर्छ सफा रस ॥
७२
समाती कोलको कात्री कष्टसाथ कठैबरी !
रसलोभी घुमेका छन् लाखचौरासीमा सरी ॥
७३
कोल हर्दम् घचेटिन्छन् अँचेटिन्छन् उखू सब ।
अन्तरैमा परी जान्छ सोझाको गुणगौरव ॥
७४
धूलोपिठो भए सारा उखू त्यो कोलमा परी ।
कालका मुखमा मानू सृष्टिको महिमासरी ॥
७५
हेमन्तकान्ति कालिन्दी, वासन्तीकान्ति जाह्नवी ।
प्रयागतुल्य दोरङ्गा माझको शिशिरच्छवि ॥
७६
वसन्त नगिचै आयो खुले केही दशै दिशा ।
अरुणोदयबेलामा किन हुन्थ्यो महानिशा ?
७७
घटदै घटदै आयो छटा हेमन्तको सब ।
सङ्गमाफिकको रङ्ग सबैको हुन्छ वास्तव ॥
७८
उता हेमन्तको रङ्ग, यता रङ्ग वसन्तको ।
अहो शिशिरको तेसै पाउने अब अन्त को ?