Jump to content

Page:Ritubichar.pdf/52

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

८८
कहाँ उस्तो हिलो मैलो, कहाँ यो मोहिनी छवि !
कति राम्रो उदायेको विश्व सौभाग्यको रवि ॥

८९
वर्षाले जलले पूर्ण मेघमण्डलमा पसी ।
चन्द्रले कालिमा दोष फालेछन् कि घसी घसी ?

९०
चन्द्रको चाँदनीरूप झल्कँदा राति गौरव ।
कपूरले लिपेजस्तो देखिन्छ जगतै सब ॥

९१
आनन्दी देवतातुल्य चन्द्रका रश्मिजालमा ।
पीङका रङ्गमा दङ्ग देखिन्छन् सब हालमा ॥

९२
जुनेली रातमा राम्रो सुन्दा चहचहध्वनि ।
फनक्क भुमरी मारी घुम्छ आनन्द फन्फनी ॥

९३
पुरानू विजयस्तम्भरूप राम्रो सुविस्तृत ।
यो दशैंचाडमा मिल्छन् धेरै सिद्धान्त अङ्कित ॥

९४
जसरी पीङ मच्चिन्छ हिन्दूजाति उसै गरी ।
विश्वमा मच्चिँदै घुम्थ्यो जयका जमरा धरी ॥

९५
यै शरद्मा दशैं हाम्रो, यसैमा दीपमालिका ।
यसैमा धान्यसम्पत्ति, धन्य यो सुखतालिका ॥

९६
माथमा जमरा माथी जमाई गुणकेशरी ।
नरनारी जमेका छन् विजयाऽऽनन्दमा परी ॥