विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल
दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिँडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ :
“अहा ! माइली ! आजको कुरौनी त के भन्नुपस्यो खै ! स्वर्गको गाईको
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई घन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस बासलाई सधैं सम्झनैछु जहाँ
घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेँला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन् भन्दै थिएँ अब थाहा पाएँ- फुल्दा रहेछन् हाँडीमा ।'
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित
गर्दछिन्, क्षुद्रलाई विशाल बनाइदिन्छिन्, क्षणिकबाट अनन्तको झल्का
निकाल्दछिन्, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन् । कल्पना '
तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको
घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन् र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन् । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको
जादूगरी बोलाउंदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण
गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्व्य भिन्न-
भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका
भिलमिलाबटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा
अनिर्वचनीय अनुभबहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा
एक्लो भलादमीलाई
चोरले
ठुन्क्याइरहेछ । दीपावलीको
आनन्दमा
जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्, कति ठडिन्छन्
भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भाबुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्, तर कानो काजीले
जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।
कल्पना//११५