गुँडल्किएका, यही च्याँठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा
बस्तछन् र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाटघको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैँले आफ्ना
निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य बेदना बढाउंदै
आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा
आँसु टलपलाएर आउँछन् । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो,
'स्वगं जान आ' भने मन्टो बटाछँ; नरकमा अमत देख्नछ, देवतालाई राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसंग मितेरी लाउँछ र मपाईको घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्नैन । क च्यांट्टिन्छ, छटपटिन्छ, रुन्छ, खालि
असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य
बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई
"यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उद्छ । खेलौनाहरू खेल्नु नै जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर
लडाइँ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको
छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्, न पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति-र उोत'-मै चलिरटेको छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड वनाएर हामीहरू कगडा
नै पोस्तछौं । विश्वको गोला “झैं बाटुला सत्यमा विरोधहरू साम्यमा
आएका हुन्छन्; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमे रहन चाहन्छौँ,
अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो २ त्यसका निमित्त
एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौ
जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य
जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानब-आत्मा झेल्याँस्स
भएर मोलतोल फेदेछ । जुन दिन थियो, क निशा भयो, जसलाई
मूल्यवान् सम्भझिन्थ्यो उसमा नैराश्य मिल्यो, ससार खालि एउटा अँध्यारो
कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु
नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न,
केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहां म तारा झलमल नचाएर शासन गर्दथे । मेरो साथ जाने खालि आसक्तिहरूको फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद
१४०,लक्ष्मी निबन्ध-संग्रह