Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/167

From Nepali Proofreaders
Revision as of 16:30, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} तमले सब छोपदा मन ::अभिमानी म जयन्ति ! त्यो दिन । जुन राक्षसभावमा थिएँ ::उसलाई अब बिर्सँदै गएँ ॥ {{pcn|(४)}} अघिको न विरोध क्यै थियो ::न त तिम्रो अपराध नै थियो । कसरी म ब...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(३)
तमले सब छोपदा मन
अभिमानी म जयन्ति ! त्यो दिन ।
जुन राक्षसभावमा थिएँ
उसलाई अब बिर्सँदै गएँ ॥

(४)
अघिको न विरोध क्यै थियो
न त तिम्रो अपराध नै थियो ।
कसरी म बनेँ अकारण ?
नलिनीमा मदमत्त वारण ॥

(५)
यस घोर कुकर्मले गरी
म कुकर्मी कुन नर्कमा परी |
कुहुने कसरी ? कहाँतक ?
टरनेछैन अवश्य पातक ॥

(६)
कलिली अबला कठै ! तिमी
वनमा आफुखुशी घुमी घुमी ।
रहने बिचरी चरी-सरि
म शिकारी शठ पाप-पोखरी ॥