Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/113

From Nepali Proofreaders
Revision as of 15:41, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "{{c|{{larger|'''विज्ञानको मोह'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजाति ::गर्थ्यो छाती फुलाई पल-पल सुखका कल्पना भाँति-भाँति । सोही उन्मत्त भस्माऽसुर बनि अहिले बा...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread
विज्ञानको मोह

(१)
सानू विज्ञान पैले जुन उदित हुँदा साहसी मर्त्यजाति
गर्थ्यो छाती फुलाई पल-पल सुखका कल्पना भाँति-भाँति ।
सोही उन्मत्त भस्माऽसुर बनि अहिले बाहु लम्बा पसारी
पीछा गर्दो छ दौडी विकट मुख लिई सर्वसंहारकारी ॥

(२)
जस्को निःसार बोक्रे चहलपहल वा रङ्गमा दङ्ग मानी
भुल्दामा पेट-पूजा-विधि विकट बन्यो भार भो जिन्दगानी ।
उस्कै आराधनामा अझ किन यसरी मर्छ यो मर्त्यजाति
कस्तो विश्वास, भक्ति, प्रणय, शिव ! हरे ! तुच्छ विज्ञानमाथि ॥