Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/90

From Nepali Proofreaders
Revision as of 14:55, 5 May 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} यसो गरे देखि यती हुनेछ यती भए दुर्लभ फेरि के छ ? भनेर खाली धनका निमित्त समस्त संसार छ यो प्रवृत्त ॥ {{pcn|(९)}} बुझ्यौ जहाँसम्म रहन्छ सास सदा उहाँसम्म धनाऽऽभिलाष ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८)
यसो गरे देखि यती हुनेछ
यती भए दुर्लभ फेरि के छ ?
भनेर खाली धनका निमित्त
समस्त संसार छ यो प्रवृत्त ॥

(९)
बुझ्यौ जहाँसम्म रहन्छ सास
सदा उहाँसम्म धनाऽऽभिलाष ।
अखण्डता-साथ बनी-रहन्छ
पुग्यो मलाई कुनचाहिँ भन्छ ? ॥

(१०)
पुगी-सक्यो प्राण सबै गलामा
परीरहेको छ अघोर धामा ।
तथापि पाए धनको प्रसङ्ग
पुलुक्क हेरीकन हुन्छ दङ्ग ॥

(११)
लिएर साधारण भिक्षुलाई
ठुला ठुला भूपतिसम्मलाई ।
विशाल आशामय पाश हाली
घिसारने मुख्य धनै छ खालि ॥