Jump to content

Page:Laxmi nibandhasangraha.pdf/133

From Nepali Proofreaders
Revision as of 23:30, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर

संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्‌, भयभीत रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्‌, गाडालाई कृतुकृती

र पहाडलाई रायो ।

बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत

छैन, नशाहरू आफैँ चढ्दछन्‌, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन्‌ र संसारको भौतिक कर्कशता

अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्‌, 'सुखेन अस्वाप्सं

नकिञ्चिदवेदिषम्‌ !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढ्कीमा सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त स्‌नसानमा एकान्त तपस्वी

बनोस्‌ ! किनकि

आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत

अन्त:करणले जित्तछ र बहीखातामा अक्षर चढ्न कमया बन्दै हुन्छ । आखिर सुख भनेको कहाँ छ-यदि आँखा चिम्लनुमा छैन भने !

संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन्‌ । हामी असुन्दरका

अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख पाउँछौं र नव-नव 'झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्थाउनाका पखेटाहरू स्वर्गनजीक

पुग्दछन्‌ । म जति कुम्भकर्णको नजीक आउन

लागेको हुन्छु उति

नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही

हुँदैनन्‌ । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन्‌ । त्रषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुने: ।' जति बाह्य

विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा

जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन्‌ जस्तो लाग्दछ ।

आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू मेरा कुरा बुभ्लान्‌, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ र !त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी

ओह्वाल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्टासम्म विचरण गर्दै

गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव

१२४लक्ष्मी निबन्ध-संग्रह