Jump to content

Page:Satya harihschandra katha.pdf/25

From Nepali Proofreaders
Revision as of 21:23, 3 May 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

(८४)
*विलाप*
अहो! दीन कस्तो फिर्‍यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल्‌ प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
विपत्‌ रानिको आज भो झन्‌ नराम्रो ॥

(८५)
छुरी लीइ धस्नू बरू छाति माहाँ ।
असल्‌ हो भनि ठान्दछु आज याहाँ ॥
कसोरी यि प्राण्‌प्यारिको कष्ट हेर्नू ।
अहो! दैव अैल्हे गरिस्‌ लौ नगर्नु ॥

(८६)
यती कष्ट भोग्नू पर्‍यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
थियो सार जुन्‌ माथि तेहि छुटि गो ॥

(८७)
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन्‌ अधम्‌ म सरिका अरू हे पियारी ।
गर्नू असत्‌ चाहिं म छू मरनै तयारी ॥