Jump to content

Page:Laxmi nibandhasangraha.pdf/102

From Nepali Proofreaders
Revision as of 23:19, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय,...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

तब हास्यरस सत्यनिर्देशक हुँदा-हुँदै आदतका विरोधमा धेरैजसो निर्भर

हुँदोरहेछ । कम से कम औपदेशिक साहित्यिक क्षेत्रमा मानिस मिथ्याउपर

पनि हाँस्तछ, सत्यउपर पनि; तर आफ्ना आदती ध्येय, कक्षा र प्रकृतिसँगको विरोधको होशले । हास्य-रसप्रधान रचनाका लेखकको लक्ष्य मानिसलाई

आफ्ना आधुनिक न्यूनताहरूउपर हंसाएर मनोरञ्जन गराउनु हो । हाम्रा समस्याहरू दृष्टिकोणको ढङ्गमा निर्भर रहन्छन्‌ । हामी

मनुष्यलाई बाउन्ने, अति सुकुमार, नराम्रो, धनी कँजो, यान्त्रिक, मूर्ख

व्यर्थजीवी देख्न पनि सक्तछौँ र उसैलाई अनन्त शक्ति भएको संसारविजेता

चमत्कारपूर्ण जीव पनि देख्न सक्तछौं । मान्छे मरेको र रोएको देखेर

हाँस्ने दार्शनिक पनि छन्‌, त्यसैमा रोइरहने पनि छन्‌ । उही दृश्यलाई

आँखाको कुनाबाट हेरे एक किसिमको छ, दुइटै नानी खिचेर हेरे अर्को

किसिमको र सोझो दृष्टिले हेरे अर्कै ढङ्गको छ । चार्ली चेपलिन त ढुङ्गो पनि हाँसिरहेको देख्ताहुन, मानौं पाषाण पनि समाजको उडिल्लोबुडिल्लोपनालाई हँस्सी उडाइरहेछ । विदूषकको दृष्टिकोणमा पनि सत्यको एक पाटा हुन्छ र हामी त्यसलाई हेर्न चाहन्छौं । एक कोणको सत्यपूर्ण स्वरूप हँदैन; यद्यपि साधुहरूको सिद्धान्तसंग ठक्कर नखाओस्‌ । हामी विभिन्न दिशाबाट उही चीज हेर्न चाहन्छौ र एक अनौठो अनेकताको अध्ययन गर्न चाहन्छौं । पूर्वस्थित विश्वास या विरोधको नजरले विश्वञ्चमण

गरे पनि मनुष्यले सत्यको अनुहार देख्न सक्तैन । जो देखेथ्यो उसैको अन्धो ढिपीमा लाग्दछ । तर कट्टर छँदाछँदै नास्तिकको

दृष्टिकोणले

समेत संसार हेर्न सक्ने साधुमा हृदयको विस्तृत उदारता हुन्छ । एकध्येयीसमेत व्यक्तिगत आफ्नो आदती दृष्टिकोणको त्यागदेखि रिसाउँछ

र सत्यले कट्टरलाई सधैं गिज्याइरहेछ । अनन्तको राज्यमा अनन्त दृष्टिकोण छन्‌, नत्र साहित्यिक क्षेत्रमा असह्घघ लेखकहरू शैली र सन्देश पाउने थिएनन्‌ । सार्वजनीन सहानुभूतिको सर्वोत्तम चौडाइको साथमा हास्यरसको सर्वोत्तम प्रधानता देखाउने प्रतिभा शेक्सपियर हुन आए । दृष्टिकोणको विभिन्नताभन्दा दुई किसिमको अर्थ वुझिन्छ । पहिलो- एक ध्येय लिएका मानिसले आफ्नो सत्यलाई अनन्त कोणहरूबाट

निरीक्षण गर्दै भिन्न-भिन्न रूपमा देख्नु र आफ्ना सत्यसंग अरूहरूको

राय र भेदहरूको तुलना गर्नु, अर्को हन्छ- सत्यलाई एक नसम्भझेर अनेक ठानेर अनन्तको प्रदर्शनीमा अनन्त दृष्टिकोण लिँदै अनन्त विभिन्नता

हास्यरस. ९३