हास्यरस हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप-
रङ्ग-ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुतकृत्याउँछ । हामी आफूलाई कहिले आफ्नै मोलतोलमा उपहासपात्र पनि बनाउँछौं, त्यसकारण
स्वाभाविक र आदती तवरहरूमा पनि हास्यरसको प्रादुर्भाव हुन सक्तछ;
तर विरोधको चैतन्यको साथ मात्र । हामी भन्न सक्तैनौं कि प्रकृतिमा विरोधहरू छैनन्; तर तिनीहरूको साम्यभाव झल्कँदा त हामीलाई
हाँस्न मन लाग्दैन । हामी कुतकुतिन्नौं तर शान्त चेष्टा राख्तछौं । तैपनि एकै कुरामा एक टक्करको ध्यान लगाउँदा हामीलाई प्रकृतिले पनि
हँसाउन सक्तछिन् जब जीवनका साभ्यभावसँग नमिल्ने केही खडबड र बिरोध हाम्रो होशमा टड्कारिँदै आउँछ । मानिसले आफ्नो मुख ऐनामा
हेर्दा हाँस्न मन लाग्दैन, त्यहाँ साम्य देख्तछ, तर आफ्नो नाकको उँचा रेखामा र घोक्रिलोपनमा धेरै बेर एकोहोरो ध्यान चर्को पारे हामीलाई
हाँसो उठ्तछ । 'छि: के होला यस्तो मुरली जस्तो या तोरियाधोक्रोजस्तो ।
त्यो पनि प्वाल परेको दुई ठाउँमा, सिंगान आउने, 'झुस्मुसे, डाँडीदार, लम्बै हाँसोउठ्तो चुच्चेपना र बराबर छिक्का उठ्ने-कुतकती लागेर !'
मान्छे एकोहोरो ध्यानमा भन्दछ, त्यस्तै समुच्चा शरीरको चित्रमा केही उपहास पाइन्न, तर जब हामी हिंड्दाखेरि हातहरूमा एक टङ्कारको
ध्यान लगाउँछौं तब मान्छे कस्तो उपहासपात्र जस्तो लाग्दछ । चचहरी-
चचहरी मानौं दुई लम्बे झुण्डन सधैँ पीडै खेलिरहेछन् । बीचमा भाँचिने
पाँच औंलाका बेमिल्ती पुछारहरू तर्लङ्ग परिरहेछन् । अनि पयर ! मानौं हरहमेशा दुइटा खुट्टाले भकुण्डो खेलेझैँ छ; यो उचाल्यो, त्यो थचात्यो,
यल्ले हान्यो, त्यल्ले हान्यो 'मानौं सधैँको ढिक्किच्याउँ छ' अनि यस्तै
बिचार गर्दै हिंडुबा जन्तु आफ्नै उपहासिताले हाँसेर हिँड्छ तब हाँसो कसरी उद्तछ ! जब हामी हाम्रो स्वाभाविक सौन्दर्यको चैतन्यसँग ९०लक्ष्मी निबन्ध-संग्रह