This page has not been proofread
(१७२)
लाग्ला पाप मलाई हे सुरपते! तस्मात् भएको जती ।
मेरो पुण्य दिएर बन्दछे भने दिन्छ खुशीले अती ॥
एक्छिन्मात्र म पुण्य भोग गरुँला यो होइ सक्ने भए ।
यस्तो सत्य बुझेर इन्द्र खुशिभै लौ हुन्छ भन्दा भए ॥
(१७३)
विश्वामित्र अघीसरी कन तहाँ भन्दा भए यो पनी ।
हेराजन्! तिमि ईंख कत्ति नलिए यस्तो गरायो भनी ॥
तिप्रो सत्य बुझौं भनेर यति काम् मैले गरेको यहाँ ।
कत्ती फिक्रि नली सजीव खुशिले जाञ तिमी स्वर्गमा ॥
(१७४)
तिम्रा कोशलवासि भक्त जति छन् डाकी म दिन्छ भनी ।
डाकी ल्याइदिए तुरून्त क्रषिले आए प्रजागण् पनी ॥
जो जो वृद्ध र भक्त ध्यानि तपसी यस्ता विरागी थिए ।
ती ती मात्र प्रताप भूप सँगमा स्वर्लोक जाँदा भए ॥
(१७५)
राजपुत्र रोहितकनै दिइ राज भारी ।
रानी प्रजा लिइ भयो नृपको सवारी ॥
भो पुष्प-वृष्टि बहतै सब देवताले ।
जै जै शाबद् गरदथे नभमा खुशीले ॥