Jump to content

Page:Satya harihschandra katha.pdf/48

From Nepali Proofreaders
This page has been proofread

(१७६)
ठूला ठुला ऋषिहरू पनि धन्य भन्छन्‌ ।
यस्‌ लोकमा पनि सबै सुनि खूशि हुन्छन्‌ ।
रोहित्‌ पनी रयिति राजि खुशी गराइ ।
राज्‌काज्‌ गरे सकल भूपति वश्‌ तुल्याई ॥

(१७७)
धन्यै हरिश्चन्द्र समान ञाहाँ ।
राजा हुनै धाम कठिन्‌ छ वाहाँ ॥
किर्ती जगत्‌मा फइली रहेको ।
तिन्‌ लोकमा गुण् पनि गाइएको ॥

(१७८)
संकष्ट सारा तहिं भोगि लीए ।
सारा धरम् सत्य बचाइ दीए ॥
इन्का सरी धर्मि थिएन पैल्हे ।
होलान्‌ पछी क्वै न छ कोहि ऐल्हे ॥

(१७९)
जो यो हरिश्चन्द्र जि को चरित ।
सब्‌ले गरुन पाठ् अति भक्ति सीत ॥
सम्पूर्ण आपत्‌ तहिं नाश हुन्छ ।
मर्दा महाँ मुक्ति समेत दिन्छ ॥

॥ इति श्री सत्य हरिश्चन्द्र कथा ॥