Jump to content

Page:Satya harihschandra katha.pdf/46

From Nepali Proofreaders
Revision as of 11:50, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६८)}} जलन भनि तयार्‌ ती दंपती दुइ लाई । पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥ अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई । अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥ {{pcn|(१६९)}} लागे गर...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१६८)
जलन भनि तयार्‌ ती दंपती दुइ लाई ।
पख! पख! भनि रोके इन्द्रजी सामु आई ॥
अमृत छिटि जियाये त्यो मृतक्‌ पुत्रलाई ।
अति खुशि भइ लीए पुत्रलाइ उठाई ॥

(१६९)
लागे गर्न पियार पुत्रकन ती राजा र रानी तहाँ ।
दुवै दिव्य शरीरका पनि भए श्रीइन्द्र भन्छन्‌ वहाँ ॥
हेराजन्‌! तिमिलाई लीन अहिले सम्पूर्ण आजौँ अब ।
जाउँ स्वर्ग विमानमा चढ तिमी छोडेर झंझट्‌ सब ॥

(१७०)
आज्ञा येति सुनी सकीकन तहाँ राजा अगाडी सरी ।
भन्छन्‌ः दास म छ यही श्वपचको जाउँ कसो के गरी ॥
फेरी धर्म अघी सरी कन भने चाण्डाल जो हो महुँ ।
तिग्रो सत्य बुझेर खुब्‌ खुशि भएँ धेरै कुरा के कहूँ ॥

(१७१)
तेही सत्य सहायले अब तिमी श्रीइन्द्रलोक्‌मा गई ।
सारा सौख्य पदार्थ भोग गरिल्यौ चौता सरीको भई ॥
राजाले इ कुरा सुनीकन तहाँ यो बात भन्दा भए ।
मेरा भक्त प्रजाहरू कति रुनन्‌ मै मात्र एक्कै गए ॥