This page has not been proofread
(१६०)
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस् बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट आहीं ।
हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ ॥
(१६१)
येती भनी धुरु धुरू अति रोड ताहाँ ।
मूर्छा परे पृथिवीमा शीरि भूप वाहाँ ॥
देखेर रानि भइ विषह्वल धेर मन्मा ।
पाञ समाति कन भन्छिन भूपतीमा ॥
(१६२)
नाथ्को सवारि भइगो यहिँ बस्न लाई ।
दीदिन शार पनि सम्मति नारि लाई ॥
तस्मात् सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छ ॥
(१६३)
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारक्ो चिज थियो उ पनी गईंगो ॥
बिर्सू कसोगरि म प्राण समान पुत्रा ।
सामू अगाडि अब ता यहि देख्छ नेत्रा ॥