This page has not been proofread
(१५६)
चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया ।
काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
ठूलो चोट पस्यो र वज्ज सरिको लोटे जिमिन्मा तसै ॥
(१५७)
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
भन्छन् मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
जाड मालिकको टहल् गरिरह् आज्ञा न चूकी रती ।
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥
(१५८)
हा पुत्र प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
देख्नू पत्यो नि अहिले गति बाबु! त्यस्तो ॥
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
देखेर चित्त अझ फेरि विर्केल् भई गो ॥
(१५९)
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
भो जिन्दगी पनि त आखिर आज आाही ॥
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥