Jump to content

Page:Satya harihschandra katha.pdf/41

From Nepali Proofreaders
Revision as of 11:49, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४८)}} यो हो बालकघातिनी मुलुककी यस्लाई मार्दा महाँ । रक्षा हुन्छ ठुलो मुलूक भरिको क्यै छैन शङ्का यहाँ ॥ मेरो नोकर भै बडो विदुर झैं गर्छस्‌ कुरा ज्ञानका । जो भन्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१४८)
यो हो बालकघातिनी मुलुककी यस्लाई मार्दा महाँ ।
रक्षा हुन्छ ठुलो मुलूक भरिको क्यै छैन शङ्का यहाँ ॥
मेरो नोकर भै बडो विदुर झैं गर्छस्‌ कुरा ज्ञानका ।
जो भन्छू उहि गर्नुपो परदथ्यो कस्तो घमण्डी तँता ॥

(१४९)
ला यो खङ्ग न मारि हुन्न अब काट येती भनेथ्यो जसै ।
हाहा! ! कष्ट भनेर खङ्ग करमा लीये करैले तसै ॥
रानी हुन्‌ भनि होशा छैन मनमा तेस्तै ति रानी पनी ।
राजाहुन्‌ इ भनेर कत्ति नचिनी क्यै भन्नलागिन्‌ तिनी ॥

(१५०)
मेरो पुत्र मरी रहेछ उ यहाँ लीएर आउँ अनी ।
काटौला तिमिले मलाई भनि ती फर्केर आइन्‌ पनी ॥
थीयो प्राणवियोग पुत्र उ जहाँ दौडैर ताहाँ पुगिन्‌ ।
शूदै लाश उठाइ रात्रि बिचमा फेरी मशानूमै गइन्‌ ॥

(१५१)
ताहाँ सम्म थिएन ज्ञान दुइमा राजा र रानी भनी ।
हाहा! पुत्रा भनेर छाति पिट्दै खुब्‌ रूनलागिन्‌ अनी ॥
अर्काकी करिया भएँ तर पनी मानीन गाह्ठो रती ।
ए बाबू, मन यो बुझाउँ कसरी तिम्रो हुँदा दुर्गती ॥