(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्तद' काँतर्बनी ॥
हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस् बरु ॥
(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्ले गरी ।
अंरि कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्का ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्रीर ब्राह्मण" इता क्रम्तै हउन् तापनि ॥
(१४६)
मार्नू छैन अवध्य छन् बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस् ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम् मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईइकन ।
लाग्यो भत्रन तँलाइ यो सब कुरा वास्ता छ क दुर्जन ॥
(१४७)
मेरो चाकरहोस् म भन्दछ जसा तसौ तँगर लौ यहाँ ।
मान्दैनस् यदि पीटनेछ छाउले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हा जान्दछु मै पनी ।
दस्कर्मी छ भने उ मारन महाँ नाग्दैन दोष क्यै पनी ॥
(६) राजा (२) सरी र द्राहाण मार्न दसणाखाटिल निषध गरका ए ।
Page:Satya harihschandra katha.pdf/40
Appearance
This page has not been proofread
