This page has not been proofread
(१२८)
हे नाथ रोहित पुत्रलाई वनमा टोकेर मास्यो अरे ।
जान्छ हेरन केहि फुर्सत दिए हाजीर हुँला भर् ॥
बारम्बार विलाप यो गरि गरी भन्दी भईन् तैपनी ।
गर्थे गालि अतीव निष्ठर बनी हुँदैन जानू भनी ॥
(१२९)
साह्रै ढीपि गरिन् र काम घरको चाँडो सकी जा भनी ।
आज्ञा पाइ गएर कम जति हो रूदै गरिन् त्यो पनी ॥
आधारातभएछ काम सक्दा निस्की गइन् रातमा ।
हाहा! कष्ट थिए साथि अरको कोही पनी साथमा ॥
(१३०)
मृतक पुत्र उ रोहित थ्यो जहाँ ।
पुगि विलाप अघोर गरिन् तहाँ ॥
मृतक होइन यो भनि भानले ।
लिइ ।शुराउँदथिन् अति प्रेमले ॥
(१३१)
किन मझलाइ यसोगरि शरोकका ।
उद्धिर बीच डुबाउँदछौ नि हा! ॥
उठ साहस गरी अब बोल बा ।
तिमि बिना म कसो गरि बाँचु हा ॥
(१) सर्पले (२) समुद्र ! :