Jump to content

Page:Satya harihschandra katha.pdf/24

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८०)}} उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ । झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥ पछि त हजुरलाई पुत्र यो चाहिन्चै छ । अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥ {{pcn|(८१)}}...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(८०)
उठि कन धन काहीं मिल्छ की माग्न जानोस्‌ ।
झटपट कि मलाई नै कतै बेच्न लानोस्‌ ॥
पछि त हजुरलाई पुत्र यो चाहिन्चै छ ।
अब त मकन बेचे द्रव्य धेर्‌ पाइन्यै छ ॥

(८१)
राजा यति सुनि सकी कन धेर्य धारी ।
भन्दा भए सब कुरा मनमा विचारी ॥
हे प्यारि' क्षत्रिय भई कन दान दौनू ।
यै धर्म हो कसरि गैकन मागि लोौनू ॥

(८२)
दीनू सिवाय लिनु होइन धर्म हाप्रो ।
यो सत्यनाशा हुन जान्छ पछी न राम्रो ॥
यस्तो मलाइ तिमिले न सिकाउ रानी ।
यो काम गर्दिन कसै म अयोग्य ठानी ॥

(८३)
मर्नु निको अरु हुँदैन लिनू यसोरी ।
बेचूँँ लगेर तिमिलाइ अहो! कसोरी ॥
बेचिन्छु मै रू प्रियोतिमि पुत्र लाई ।
पालन्‌ गरेर बस दुःख परोस्‌ मलाई ॥