Jump to content

Page:Satya harihschandra katha.pdf/22

From Nepali Proofreaders
Revision as of 11:13, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७२)}} रानी पनी ती सुखमा रहेकी । दुःखी सरी भै कन ती गयेकी ॥ छोरो पनी आँशु खसाइ रून्छ । हा दुःखायस्तो अरु कोन हुन्छ ॥ {{pcn|(७३)}} रोए छाति पिटी प्रजाहरु सबै अत्यन्त दुखी...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(७२)
रानी पनी ती सुखमा रहेकी ।
दुःखी सरी भै कन ती गयेकी ॥
छोरो पनी आँशु खसाइ रून्छ ।
हा दुःखायस्तो अरु कोन हुन्छ ॥

(७३)
रोए छाति पिटी प्रजाहरु सबै अत्यन्त दुखी भइ ।
यस्ता धार्मिकले पनी त अहिले ई दुःख पाए गई ॥
काशीमा पुगि ती नुहाइ पहिले तेही पुरीमा रहे ।
म्रैले अब्‌ कसरी तिरू क्रण भनी कोशीस गर्दै थिए ॥

(७४)
विश्वामित्र क्रषि उसै बखतमा आए अगाडी अनी ।
दे भूयसीदक्षिणा अब तिमी भाका पुग्यो लौ भनी ॥
भन्दा गैकन हात जोरि विनती गर्छन्‌ डराई अती ।
भाकाको दिननै पनी क्रषिपर्तो बाँकी छ आधा जती ॥

(७५)
यै आधा दिनलाइ फुर्सत दिनोस्‌ राखी ममाथी दया ।
भन्दा हुन्छ त फेरि आउँछु भनी फर्केर जाँदा भया ॥
विश्वामित्र तहाँ यती भनि गए राजा परे दुःखमा ।
लागे गर्न बिचार पर्छु अबता तिन्का कडा झोकमा ॥