Jump to content

Page:Satya harihschandra katha.pdf/10

From Nepali Proofreaders
Revision as of 11:12, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} जान्छु म लौ नरपते ! अब एक मास । दिन्छ मियाद न गरे पछि सत्यनाश ॥ येती भनी जलधि घरतिर फर्कि आये । राजा खुशी भइ नुवारन गर्न लायो ॥ {{pcn|(२५)}} हेरेर ज्योतिषजिले शुभ-ल...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(२४)
जान्छु म लौ नरपते ! अब एक मास ।
दिन्छ मियाद न गरे पछि सत्यनाश ॥
येती भनी जलधि घरतिर फर्कि आये ।
राजा खुशी भइ नुवारन गर्न लायो ॥

(२५)
हेरेर ज्योतिषजिले शुभ-लग्न थापे ।
त्यो राज पुत्र कन रोहित नाम राखे ॥
हर्षे थियो नृपमहाँ सुत लाइ पाइँ ॥
त्यो मास ता बिति गयो खबरै न पाइ ॥

(२६)
आये पछि वरूणजी द्विज-रुप धारी ।
पूजा गरे नृपतिले गरि भक्ति भारी ॥
बिन्ती गरे वरुणका सँग दाँत आव्रस्‌ ।
यो पुत्र यज्ञ पशु लायक होइ जावस्‌ ॥

(२७)
दाँति न उम्नि दिनु छैन बली भनर ।
देखिन्छ शास्त्रहरुमा इ कुरा सुनेर ॥
बिन्तीगरे फिरि अलीदिन पर्खी दीनोस्‌ ।
गर्न्यैछ यज्ञ शिशुको सब दाँत उम्रोस्‌ ॥