Jump to content

Page:Satya harihschandra katha.pdf/8

From Nepali Proofreaders
Revision as of 11:12, 29 April 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६)}} तेही बालक यञ्चमा बलि गरी दिन्छौ भने त्यो घरी । होला दिन्छु कबोल यो गर तिमी हुँदैन दोस्रो गरी ॥ आज्ञा येती सुनीसकी घरुणको राजा परे शोकमा । चिन्ता व्याकुलभै...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

(१६)
तेही बालक यञ्चमा बलि गरी दिन्छौ भने त्यो घरी ।
होला दिन्छु कबोल यो गर तिमी हुँदैन दोस्रो गरी ॥
आज्ञा येती सुनीसकी घरुणको राजा परे शोकमा ।
चिन्ता व्याकुलभै कसोगरुँ भनी धैर्यै लिई चित्तमा ॥

(१७)
राजाले मनमा विचार्‌ गरिलिये एसै कसोरि तरुँ ।
छोराको मुख देखि पितृ-क्रणता छुट्नेछ मेरो बरु ॥
केही बेर यही कुरो मनमहाँ संझी हरिश्चन्द्रले ।
माग्छ पुत्र भनेर निश्चय गरी गर्छु म भन्दा भयो ॥

(१८)
वाचा सत्य गरी लिए वर दिई अन्तर वरुण भै गए ।
राजा खूशि हुँदै तरै अब भनी घरतर्फ फिर्दा भए ॥
रानी एकशये थिए सब कहे यस्तो भयो लौ भनी ।
तीमध्ये पटरानीले नृपति को झट्‌ गर्भ बोकिन्‌ अनी ॥

(१९)
राजा खूशि भई क्रमै सित सवै कर्मादि गर्दैगए ।
जोइच्छा मनमा थियो महिषिको त्यो खानलाइ दिए ॥
हर्षैले दश माश पूर्ण जब भो छोरो भयो सुन्दर ।
भारी उत्सव भो अनी शहरमा भो मङ्गलै मङ्गला ॥