Jump to content

Page:Laxmi nibandhasangraha.pdf/70

From Nepali Proofreaders
Revision as of 22:15, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "भलादमी बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ । व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन ।...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

भलादमी बिकासको सिद्धान्तअनुसार कुनै जाति ओह्वालो लागिरहेछन्‌, कोही

उकालो लागिरहेछन्‌ । कसैलाई खिइनु छ, कसैलाई फुल्नु र फैलनु छ ।

व्यासजीको सिंह आजकलको भारतवर्षमा गर्जन गर्दैन । बाघको हुक्‌म चलिरहेछ । त्यस्तै भाषाको देशमा लवजको दशा हुन्छ । कोही-कोही शब्दहरू दुब्ला-पातला भएका छन्‌, तिनीहरूको प्राचीन महत्त्व उडेको

छ। ज्यादा पुरानो टकमा खिया लाग्दछ । 'पण्डित' र गुरु भन्ने लवजमा

केही फिक्कापन चढ्न लागेको छ । त्यस्तै 'भलादमी' भन्ने शब्दमा पनि

अर्थको यति अप्रश्मंश भएको छ कि भलादमीपनले भडक र पोशाकसँग

नाता जोडिसक्यो । भलादमीपन हृदयबाट बाहिर निस्केर शरीरउपर विज्ञापन छाप्न लाग्यो । खाँडी र कोराले अब भलादमी बन्न सक्तैनन्‌:

घरबुने भलादमीलाई पनि यस युगले बागमतीमा सेलाइसक्यो । चरित्रका भलादमी अतीतका अँघ्यारा कोठरीमा छन्‌, रङ्ग र रेशमका भलादमी

काठमाडौंका गल्लीमा खुश्बू उडाइरहेछन्‌ । जमाना रङ्ग वदलन्छ । नोटको भाउ बढेको भए तापनि आजकल

भलादमीपन सस्तो

मोलमा पाइन्छ । भलादमीपनलाई सूचीकार र मारवाडीले बिक्री गरिरहेछन्‌ । तिमी भलादमी बन्न चाहन्छौ भने सीधा-साधा मानिसको

कोरापनलाई दर्जीकहाँ गएर काट-छाँट गरिमाग । दुई-चार रुपियाँ

बढाइदेफ, तब तिमी कुँदिएको पानीदार हीरा बन्दछौँ, छाँट मिलेको कोट पहिरेर, एक छरितो छडी घुमाएर, सडकमा टल्कने जुत्ताको चुरुमचुरुम आवाजमा फुर्तिलो कदम बढाउ: तब गल्लीको कुकुरले पनि

तिमीलाई चिन्दछ । तिम्रो भलादमीपन स्वीकार गरेर तिमीउपर भुक्न

आउँदैन । चोरीको शङ्काले सम्बोधन गर्नु भलादमीको अपमान हो भन्ने

उसले पनि जानेको छ । सफलता जस्तो हौसला दिने केही छैन । तिमी

झन्‌ फुर्तिलो कदम बढाउँछौ । समाजमा तिम्रो भलादमीपनलाई 'हजूर' भलादमी/६१