Jump to content

Page:Laxmi nibandhasangraha.pdf/46

From Nepali Proofreaders
Revision as of 22:12, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "लगाएर हेरिरहेछन्‌ ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्‌, कोही नसा ! तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हाँसेर बसिरहेछ्‌ । डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आ...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

लगाएर हेरिरहेछन्‌ ! म हेर भन्दछु, कोही फोक्सो हेर्छन्‌, कोही नसा !

तर म तिनको अहंमानी संकुचिततामा मुसुमुसु हाँसेर बसिरहेछ्‌ ।

डाक्टरहरूले झटारो हानेर मेरा रोगहरू निको तुल्याउँदै आए । अज्ञानको

सर्टिफिकेट विश्वविद्यालयले बाँडी-बाँडी तिनलाई मोटर चढाइरहेछ । मलाई तिनले गणित-सूत्रमा बाँध्न खोजे, मेरो अङ्गसंगतिबाट फर्मुला

बनाए, तर अत्तर-छालासम्म बुभ्न सकेनन्‌ । मेरा रक्ताणुहरू तिनले परीक्षानलीमा हाली रङ्गाए; तर अझसम्म लाली बुभेका छैनन्‌ । तिनले

मेरा आँसुको विश्लेषण गरे; पानीलाई तीन समस्या बनाए र नूनलाई

कति म भन्न सक्तिनँ; तर तिनीहरू त्यतिमै हार मान्दछन्‌ । तर दुनियाँका सबभन्दा अनभिज्ञ आशावादी डाक्टरहरू हुन्‌ । उनको पाण्डित्यदर्शन

रेखादार ठेली बन्दै दुनियाँ ढाक्न लागिरहेछ । अज्ञातको मुताबिक उनको घमण्ड गरीब र अपरिचितउपर पर्दछ । उनीहरू मलाई पो पढाउन चाहन्छन्‌ ! भन्दछन्‌-

फियो

'समरभूमि' रे ! रक्तसञ्चालन 'लडाइँको बाघचाल' रे, लक्षण 'समरशब्दहरू' । गिर्खाहरूले तोप-बन्दूक पड्काएको सम्म उनीहरूले देखे ? तर अरू मेरा घाउ कहाँबाट उठे, बुझेका छैनन्‌ । फूल र

अण्डाको उखानमा घोरिँदै छन्‌ । कीटाणु अघि कि रोग अघि !मेरो

रुधिरसञ्चालनको

अदृश्य सिङ्गै माछाहरू पक्रदैमा उनलाई

आकाश-

पाताल छ। उनै मेरो हृदयमा 'स्टेथस्कोप' लाएर कान थाप्छन्‌ । मानौं

जीवन खालि 'लब-ढब' हो ! मानिसको कलपुर्जा देखेर जिभ्रो काड्ने कोही डाक्टरहरू आस्तिक बने, तर धेरैजसो यन्त्र बनेर रासायनिक सम्मिश्रणका सृक्ष्म लाक्षणिक क्रिया जीवन हो भन्ने भीषण शठसिद्वान्तले दुनियाँको सत्यलाई समर्थन गरिने थैलाबाट मोटाउँदै गए । मृत्युको चापले डाक्टरहरूको चूलो तात्तछ र अभागी दुनियाँ हात जोड्दै अँधैरीका

झटारा जस्ता गौली र झोलहरूसँग सम्बन्ध जोडिरहेको छ । तर हाय ! तिनले के जाने मलाई, जो मेरो जीवनलाई औषधि गर्न आउँछन्‌ । विशिष्टता नै नास्तिकता हो, अज्ञान हो । अझ आँखेपन हो। के डाक्टरका गोलीभन्दा गोलीमा रहने विश्वास तीने चौथाइ खँँदिलो होओइन ? बीसौं शताब्दीको विशिष्टता सबभन्दा ज्यादा डाक्टरहरूमा भयङ्डरता देखाउँछ । मेरो आँखालाई इलाज दिने त्यो छ

मेरो नाक बुभ्दैन । बोक्रे विवेकले सूत्र बाँधेपछि विश्वविद्यालय खुल्दछन्‌ । मान्छे-जादू/२७