मान्छे-जादू बिचरा दुनियाँले मलाई चिनेन । कर्म खोटो !
मलाई चिनेको भए संसारले दुःख पाउने थिएन । मलाई नुझेको
भए बुझेका कुरा बाँकी रहने थिएनन् । तर किन हो ? मायावी जाली दुनियाँको आँखामा रहेकै छ । क चिन्न पनि चाहन्छ, चिन्नदेखि डराउँछ पनि । उल्टिनाको डर चपरीलाई, उब्जिनाको त्रास माटोलाई र पढ्नर बुभ्नाको कठिनाइ भुरभुरे बालकलाई । हामी देख्न चाहन्छौं, तर नानी नै यस्तो छ कि उज्यालो पर्दै खुम्चिन्छ । हामी अज्ञानलाई जीबन बनाउन चाहन्छौं, सीमित हुनामा कट्टरको स्वर्ग छ । अनन्तको म्याउले हरहमेशा अँधेरीबाट तर्साउँछ । छामछाम-छुमछुम नै जीबनको
विश्वविद्यालय हो । हामी सागर देख्तै निसास्सिन्छौं । सत्य देख्तै पापी नसा काँप्तछन् र म आएँ स्वर्गबाट, ओर्लिएँ भवन जानाका निमित्त । तर
दुनियाँले छाया भन्ठान्यो ! खँदिलो देखेन ! पर्दा लगाएर हेत्यो ! मैले
भनेँ, 'तँलाई अज्ञानको मोहनी मीठो लागे म पर्दानशीन भलादमी हुन्छु ।'
र मेरो जादू छिप्यो ! 'म' बुभ्नाको चमत्कारलाई मैले समयमा बिस्तार गरिदिएँ । दुनियाँले झिल्का-भिल्कीहरू पाएर शिशुको हँसिलो मुस्कानले तिनीहरूलाई आविष्कार, प्राप्ति, अन्वेषण भन्दै उठाएर हेर्न लाग्यो । म
धेरैबाजि आएँ र धेरैबाजि बिलाएँ ! तर दुनियाँले मलाई पूरा तवरसँग कहिले पनि बुझेन ।
अहा ! म जादू! 'पूर्णात् पूर्णमिदम्' म त्यहाँ बुभ्दछु जब आफूलाई भित्रबाहिर हेर्दछु !
खै त,' दुनियाँले भन्छ, 'के लछारिस् ?' गर्नु ईश्वर हो, नगर्नु
परब्रहम हो ! मेरो अस्तित्व नै चमत्कार छ !
मैले तीन सय तेत्तीस कडोर डाक्टर पढाएँ । चरक र सुश्रुत मेरा
चेला थिए । आज मलाई दूरबीन, सृक्ष्मवीक्षणयन्त्र, अज्ञात किरण, के-के ३६/लक्ष्मी निबन्ध-संग्रह