Jump to content

Page:Laxmi nibandhasangraha.pdf/43

From Nepali Proofreaders
Revision as of 22:09, 27 January 2025 by Rbn (talk | contribs) (Not proofread: Created page with "तारल्य नै रहेछ भनेजस्तो लाग्न आउँछ ।प्रकृतिका विशाल क्षेत्रमा हामी स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि पहाडहरूका ओठहरू चलून्‌, तिनको नीलो दृढमूलत्...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has not been proofread

तारल्य नै रहेछ भनेजस्तो लाग्न आउँछ ।प्रकृतिका विशाल क्षेत्रमा हामी

स्थावरभन्दा जङ्गममा ज्यादा लहसिइरहेका छौं । हामीहरू चाहन्छौं कि

पहाडहरूका ओठहरू चलून्‌, तिनको नीलो दृढमूलत्व अलिकति हल्लियोस्‌, चलोस्‌ । यस अभिलाषालाई दोलायमान वल्लरी वृक्षहरूले कहिले कहिले सन्तोष पुग्याउँछन्‌ र कहिले बादल, हावा र ज्योति-परिवतंनले । तर

तिनको विशाल वक्षस्थलबाट हामीले समृत्सुक समीक्षण गरिएका सौन्दर्य सम्झिएका चीजहरूमध्ये सबभन्दा हृदयाकर्षक ध्वनिहरू तरल अधरवाला

महीधरवक्ष: प्रवाहित जलधारमा नै अनुभाव्य हुन्छ । यस्तो विदित हुन्छ, मानौं ती विशाल अभ्रभेदी शृच्ारहरूका प्रतिक्षण प्राप्य उच्चदेशीय अनुभवहरू स्वर्गिक भाषाको अस्पष्ट माधुर्यसाथ जगत्‌प्रबाधक निनादहरू

लहरा, चरा, फूल र हरियालीसँग मिसिएर निम्नप्रवाही बनिरहेछन्‌- त्यो

मघुर शब्दोत्पादक रसिलो करालोमा, जो पारावारतिर जलबाहिनीलाई लैजान्छ । जागरित आत्माले एक सौन्दर्यका जल चन्द्रमानिनादित

विशालका ध्वनिहरू कलकलाइरहेको पाउँदछ । विश्वको सागर अरू

ठाउँमा यत्तिको मीठोसँग बोलेको थिएन । पहाडहरूका उच्चस्तरमा

चढेर उनका हृदय मिलाउँदै र रसाउँदै उचित मात्रामा अविरल स्रोतमा

पाषाण तरङ्गको मधुर सप्तकमय पधमा छर्बरिँदै छरचल्किदै लुङ र लुर्कन

बन्दै कलमलाउँदै, झिल्मिलाउँदै

आएका

स्वर-लहरीहरू

शीघतया

हृदयान्तर्गत हुन जान्छन्‌ । तिनमा नैमंल्यसँग ज्योति खेल्दछ । पानीको

आत्मा झलझल हुन्छ, त्यो धबलायित प्रवाहशीलतामा जहाँ पानीयले पानीयत्व छाडेर ध्वनिमाधुर्यको अग्राह्यता लिन खोज्छ । यो प्रवाहमा

आत्मालाई सञ्चालन गर्न सक्ने केही गुण विशेष तवरले झल्की-झल्की सजीव भइरहेछ । आँखा र कान दुवैले यहाँ भेट गर्दछन्‌ र ध्वनि दृश्यमान

हुन्छ र दृश्य ध्वनिमय भएर श्रवणग्राह्य बन्न आउँछ । सौन्दर्य भनेको

चीज प्रवाहमा छ ।नित्य नव-नव नवीनता राख्नु नै कल्पनाको सौन्दर्यचेत

हो । परिवर्तन संगीतमय यहीं बन्दछ । संसारको सौन्दर्य यहीं उद्भासित

रहन्छ । भाषाले धैर्य र स्पष्टता छोडेर निनादमय माधुरी र अस्पष्टताको मोहनी लिन्छन्‌ । उहाँ वस्तु र हृदयका भावनाहरूसँग केही विचित्र सामञ्जस्य छ । भावी कवि लहराउन खोज्दछ, उसले लय र छन्द खोजिरहेको थियो । प्रकृतिका अरू ठाउँमा यत्तिको कविता चलेको

देखिन्थ्यो । सरितृकिनारले जति कवि बनाए, उति बगैँचाले बनाएनन्‌ ३४ लक्ष्मी निबन्ध-संगह