नजरमा केही ध्यानयोग्य विषय हो । कवि हुन चाहने व्यक्तिले पहिले नै
या त बादलमा सौन्दर्य देख्तछ, या त पातहरूमा या कोइलीमा । तर यी
चीजहरू सधैँका निमित्त सन्निकृ्ष्यमाण रहने हुनाले ज्यादाजसो भावुक
हृदय ती शब्दहरूतिर लहसिन्छ, जो पहाडका छातीबाट हरहमेशा नित्य
नबीनताका सन्देशहरू लिएर आफ्नो मधुर स्रोतमा कलकलाइरहेका हुन्छन् । सलिलस्वरमा केही मनोहारिणी विशेषता रहेको छ । यिनीहरूमा
नित्यता छ, हरहमेशा
मुखरित रहन्छन् । यसको संगीतको
आत्मा
शब्दस्रोतमा लयदार बनेर पारावार भज्दै मानव जगत्का निमित्त आनन्दमय
सन्देशले सर्वदा लयदार छ । हामी दृश्यमान जगत्मा अरू ठाउँमा
यत्तिको टड्कारो लयदार तारल्य र कोमलता पाउँदैनौं- यद्यपि बराबर अनुभवले विश्वको बनोटमा छन्द र लय भएका कुरा तीव्र क्षणमा
हृदयग्राह्य गराउँदछन् । शायद हावा अर्को चीज थियो तर यसका तरल लहरहरू त्यस सौन्दर्यको चमक त्यो सुकुमार इन्द्रियमा त्यत्तिको स्पष्ट छैनन्, जसलाई हामी आँखा भन्दछौं । भावुक कल्पनालाई बहाइ मीठो
लाग्दछ । तरल प्रवाहमा केही यस्तो हृदयग्राही वैचित्र्य छ, जसको
बिश्लेषण गरिन मुश्किल हुन्छ । तारल्य यस्तो वस्तु हो, जो बिश्वसामग्रीहरूको मौलिक चेहरा र प्रगतिसँग केही सामञ्जस्य राख्तछ । कठोरता, खँदिलोपन त्यसका विशिष्ट रूप जस्ता भासमान छन्, तर
हाम्रो मन प्रगतिशील, प्रवाहशील, सम्भावनाढघ, तारल्य नै रुचाउँछ जो
यसको मूल प्रकृतिसँग सादृश्य राख्छ । हामी चीज बहेको देख्न चाहन्छौं ।
त्यस बहाइमा, जसमा सौन्दर्यसंकेत रेखाहरू बन्दै, मेटिँदै र सगति
पाउँदै जान्छन् । कलाको मौलिक प्रकृति नै तारल्य हो । खडिखडाउपनामा चिच्याहटलाग्दो कर्कशता अनुभूत हुन्छ । स्थित रेखामा हामीहरू मानसिक
उत्तेजना पाउँदैनौं । त्यहाँ संभावनाको आढचता क्पनान्तर्गत बन्दैन ।
एकोहोरो एकत्वले हाम्रो सृजनात्मक अन्वेषणलाई गिज्याइरहन्छ । हामीहरू
चाहन्छौं कि रूखहरू चल्न् । त्यसै कारण भावी कविहरू पात हल्लेको
निको मान्दछन्, मनको तरलायित रेखाले लयहरूद्वारा अझन हरहमेशा
मागिरहेछ । उसलाई स्थिर चित्तमा सन्तोषको मात्रा कम रहन्छ । फेरि युवावस्थालाई स्थिरतासँग हरहमेशा वैमनस्य छँदैछ । प्रगतिशीलता नै
जवानीको मोहनी हो । जहाँ चालमा सजीवता छ, त्यहाँ जीवनले स्पन्दन पाउँछ र सौन्दर्य भनेको आखिर मधुर सम्भावनाको आढदतासँग गाँसिएको
सरिताको कलकलमा : ३३