सरिताको कलकलमा हामीहरू सिकारु कविलाई बराबर गिज्याउने गर्दछौं- 'सरिताको कलकल' भन्ने उपनामले, तर ज्यादाजसो भान कविहरूका सौन्दर्योपासक
कल्पनाहरू जलको कलकलमा किन प्रथम प्रेरणा पाउने गर्दछन्, यसको पनि त केही मौलिक तत्त्व हुनुपर्छ । हाम्रा जागरूक हृदय त्यहाँ के पाउँछन् ? कुन प्रभाव ? यो पनि एउटा विश्लेषणलाई चाखलाग्दो क्रो हो । हामीहरूले सौन्दर्यका मूलतत्त्वहरूको अन्वेषण त्यहीं गर्नुपर्दछ जहाँ युवावस्थाको प्राकृतिक अभिरुचि आफ्नो आनन्दका सामग्रीहरू खोज्न भ्राम्यमाण हुन्छ । अक्सर सरिताको कलकल ध्वनि कुनै रहस्योद्घाटक या आनन्दोत्पादक तत्त्व लिएर मनमा चढ्ने गर्दैन र तीन सय खोलानाला
तरिरहने या साना पहाडी जलस्रोतका नजीक जीबन बिताउने मनुष्यहरूले
यो मधुर निनादद्वारा उस्तो आनन्द अनुभव गरेको सुनिएको या देखिएको छैन । उनीहरूका निमित्त यो कलनिनाद खोलाको आवाजसम्म भन्ने नामले चैतन्यमा आरोपित हुन्छ, त्यहाँभन्दा उपर चढ्दैन । यो सधैंका दैनिक विशेषतारहित अनुभवहरूसँगपँग गाँसिन जान्छ र उनीहरू यसको त्यत्तिको परवाह गर्ने न् । न त उनीहरूको जीवनमा यसद्वारा आनन्द या खँदिलो प्राप्तिको अंशमा केही बढ्ती भएजस्तो प्रतीत हुन्छ,
तर जो कवित्वशक्ति भएका कल्पनाहरू छन्, तिनमा चाँडै नै खोलाका मधुर शब्दले बिशेष कदर पाउँछन् र शीघ्रतया जीवनसँग गाँसिएर
शक्तिशाली प्रभाव बन्दछन् । यस किसिमका भावुकताले रहनु र त्यस
भावुकताले आफ्नो आनन्दका निमित्त मधुर निनादिनी गिरिनिम्नगाहरूमा सामग्री भेट्टाउनु केही विचार र विश्लेषणलायकको कुरा जस्तो देखिन्छ । यस्तो विस्तीर्ण दुनियाँमा कल्पना र विमर्शका निमित्त अनन्त उपादानहरू छँदाछँदै भावुकको सह्ृदयताले युवावस्थाको उत्साहसाथ
अरू चीज छाडेर जलको शब्दमय प्रवाहमा विशेषता पाउनु हाम्रो ३२/लक्ष्मी निबन्ध-संग्रह